सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन भएको छ । संसदीय कार्य मन्त्री अनन्तकुमारको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
क्यान्सरबाट पीडित मन्त्री अनन्तकुमारको भारतीय समयअनुसार सोमबार राति १ः५० बजे ५९ वर्षको उमेरमा निधन भएको हो । मन्त्री अनन्तकुमारको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको लागि ठूलो योगदान दिएको बताए ।
सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री समेत रहेका अनन्तकुमार १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा