सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको सबैभन्दा ठुलो ई–कमर्श कम्पनिमा आफनो अधिपत्य जमाउन सफल चीनको अलीबाबाले आइतबार एक दिनको अनलाइन बिक्रिको आफनै पछिल्लो बर्षको रेकर्ड तोडेको छ । अलीबाबाको बार्षिक शपिङ फेस्टिबल “सिंगल्स–डे” शुरु भएको १६ घण्टामा नै रेकर्ड २४.३ अरब डलरको किक्रि भईसकेको थियो ।
११ औ महिनाको ११ तारिकमा आयोजना गरिएको “११.११” शपिङ फेस्टिवलमा पछिल्लो बर्ष अलीबाबाले २४.१५ अरब डलरको विक्रि गरेको थियो । उक्त सिंगल्स डेको आयोजनामा अलीबाबाले आफानो सबै सामानहरुमा ३० देखी ७० प्रतिशतसम्म छुट दिएको थियो ।
कम्पनिको अधिकारी अनुसार, २४ घण्टा लामो शपिङ फेस्टिबल शुरु हुनुभन्दा पहिला २ मिनेट ५ सेकेण्डमा नै १.४४ अरब डलर बराबरको सामान बुकिङ भएको थियो जबकी पहिलो घण्टामा करिब ९.९२ अरब डलरको बिक्रि कम्पनिको खातामा दर्ता भयो । पछिल्लो बर्ष कम्पनिले पहिलो घण्टामा ८.१९ अरब डलरको विक्रि गरेको थियो । यो पछिल्लो बर्षभन्दा २१ प्रतिशतले बढि हो ।
चिनको सबैभन्दा ठुलो अनलाइन शपिङ कम्पनि अलिबाबाको कुरा गर्ने हो २०१३ मा अलीबाबाले सिंगल्स डे को दिन ५.८ बिलियन डलर बराबरको सामानहरुको विक्रि गरेको थियो । २०१४ मा यो विक्रि बढेर ९३० करोड डलर पुगेको थियो । २०१५ मा अलीबाबाले १४३० करोड डलर, २०१६ मा १७८० करोड डलर र गएको बर्ष यानी २०१७ मा विक्रिको यो आकडा २५४० करोड डलर पुगेको थियो ।
यस्तै अमेरीकामा ठुलो शपिङ दिन ब्ल्याक फ्राइ डे र साइबर मन्डे भनेर मनाइन्छ भने नेपालमा पनि अलिबाबाको फेन्चाइज दराजले यो बर्ष ‘११.११’ को रुपमा मनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा