सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डेनी डेन्जोङ्पा प्राय बलिउडमा उत्कृष्ट नेगेटिभ रोल निभाउदै आएका छन् । उनले फिल्ममा केबल भिलेनको मात्र रोल खेलेका छैनन् उनले कैयौ फरक रोलमा पनि भुमिका निर्वाह गरेका छन् । अब उनको छोरा रिन्जिंग पनि फिल्ममा आउने तयारी गरीरहेका छन् । बलीउडमा साधरणतया आफनो पिताको पेशा उनका बच्चाहरुले अपनाउछन् त्यही वाटोमा डेनीका छोरा पनि आउन लागेका छन् ।
रिन्जिंग बलीउड डेब्यूको लागी तयार छन् । रिन्जिंग एक एक्शन–थ्रिलर फिल्मबाट डेब्यू गर्देछन् जसको नाम स्क्वाड राखिएको छ । खबर अनुसार, यो फिल्मको शुटिङ अप्रिल २०१९ देखी शुरु हुदैछ । उक्त जानकारी उनकै पिता डेनीले सार्वजनिक गरेका हुन् ।
डेनीले भनेका छन् म खुशी छु कि रिनजिंग फाइनली डेब्यू गर्न गईरहेको छ । यो म र मेरो परिवारको लागी गर्वको क्षण हो तर रिन्जिंगले धेरै मेहनत गर्नुपर्ने हुन्छ । फिल्मको विषयमा कुरा गर्दे डेनीले भने यो एउटा एक्शन थ्रिलर फिल्म हो ।
फिल्मको विषयमा रिन्जिंगले भने जब मैले यो फिल्मको स्क्रिप्ट पढे, मलाई लाग्यो कि मेरो डेब्यूको लागी यो फिल्म एउटा उत्कृष्ट फिल्म सावित हुनेछ । अहिले म यो फिल्मको लागी दैनिक २ घण्टा २ पटक ट्रेनिङ गरीरहेको छु । यद्यपी, अहिले केबल फिल्मको नाम मात्र सार्वजनिक भएको छ । रिन्जिंगको अपोजिटको को एक्टर हुन्छन त्यो भने अहिलेसम्म जानकारी मिलेको छैन ।
रिन्जिंगको पिता डेनी फिल्ममा आउनुभन्दा अगाडि इंडियन आर्मीमा भर्ति हुन चाहन्थे तर उनको आमाको असहमतिले उनी फिल्मी दुनियामा कदम राखेका हुन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा