सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर बार्सिलोना रियल बेटिससँग पराजित भएको छ । चोटका कारण तीन साता मैदानबाहिर रहेका स्टार लिओनेल मेसीको पुनरागमन गरेपनि खेलमा बार्सिलोना रियल बेटिससँग घरेलु दर्शक सामु ४–३ को खप्रत्यासित हार ब्यहोर्नु पर्यो ।
रियल बेटिसको लागी जोआकिनले बेटिस दुई , जुनियर फिर्पो र जिओभानी लो सेल्सोले समान १÷१ गोल गरे । खेलको २० औँ मिनेटमा फिर्पोले विलियम कार्भाल्होको पासलाई गोल गर्दै रियल बेटिसलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसले गोल गर्दै खेल अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २(० ले पछाडि परेको बार्सिलोनाले ६८ औँ मिनेटमा एक गोल फर्काए । कप्तान लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए पनि त्यसको तीन मिनेटमा बेटिसले व्यक्तिगत दोस्रो गोल र टिमको लागि तेस्रो गर्दै २ गोलको अग्रता बनाए ।
७९ औँ मिनेटमा बर्सिलोनाका लागि भिडालले गोल गर्दै अंक घटाए तर ८३ औँ मिनेटमा सर्जियो कानालेसले गोल गर्दै २ गोलको अग्रता कायम राखे ।
इन्ज्युरी समयमा लिओनेल मेसीले भिडालको पासमा गोल फर्काउँदै गोल अन्तर घटाए पनि खेल ४–३ ले पराजित हुनु पर्यो ।
हारसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाको अग्रता एक अंकमा झरेको छ। बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ। ११ खेल खेलेको एस्पान्योलको २१ अंक छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा