सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २५। सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको मंगलबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि तिहारको लागि बन्द भएको कारोबार आइतबार खुलेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदी आइतबार तोलामा १५ रुपैयाँ घटेर ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा