सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आमिर खान, अमिताभ बच्चन, फतिमा सना शेख र कैटरीना केफ स्टार फिल्म ठग्स अफ हिन्दुस्तान ८ नोभेम्बरमा रिलिज भएको थियो ।
यसको रिलिजसँगै फिल्म क्रिटिक्सको मिश्रित प्रतिक्र्रिया मिलेको छ भने फिल्म हेरेर निस्केका दर्शकहरुले पनि खासै राम्रो तारिफ गरेका छैनन् । यद्यपी, कलेक्शनको कुरा गर्ने हो भने फिल्मले पहिलो दिन रेकर्ड तोडेर कमाई गरेको छ । ओपनिंग दिनमै फिल्मले कुल ५२.२५ करोडको कमाई गरेको थियो । यतीमात्र होइन फिल्मले पहिलो दिनको कलेक्शनसँगै कैयौ रेकर्ड आफनो नाममा गरेको छ ।
सबैभन्दा धेरै स्क्रीनमा रिलिज
आमिर खान र अमिताभ बच्चन जस्ता स्टारको यो फिल्मलाई ग्लोबली करीब ७००० स्क्रीनमा रिलीज गरीएको छ । यो भन्दा पहिला बाहुबली २ लाई विश्वभरमा ६५०० स्क्रीनमा रिलिज गरीएको थियो ।
ओपनिंङ डे मा सबैभन्दा धेरै कमाई गर्ने फिल्म
तीनै भाषा हिन्दि, तामिल र तेलुुगु रीलीजलाई मिलाएर फिल्मले पहिलो दिन ५२.२५ करोडको कमाई गरेको छ । योसँगै यो फिल्मले हिन्दि फिल्मको कलेक्शनमा पहिलो स्थान बनाउन सफल भएको छ ।
२०१८ को फिल्मको कलेक्शन रेकर्ड
ठग्स हफ हिन्दुस्तान–५२.२५ करोड भारु
संजू– ३४.७५ करोड भारु
रेस ३– २९.१७ करोड भारु
गोल्ड– २५.२५ करोड भारु
बागी २– २५.१० करोड भारु
दिपावलीमा सबैैभन्दा बढि कलेक्शन गर्ने फिल्म
आमिर खानको फिल्मले पहिलो दिन ५२.२५ करोड भारुको कमाईसँगै दिपावलीमै रिलिज भएको शाहरुख खानको फिल्म ह्याप्पी न्यू ईयर लाई पछाडि पारेको छ । ह्यापी न्यू ईयर ले ओपनिंङ डे मा ४४.९७ करोडको कलेक्शन गरेको थियो । अहिले यो रेकर्ड आमिरको नाममा आएको छ ।
यशराज ब्यानरको सबैभन्दा ठुलो फिल्म
ठग्स अफ हिन्दुस्तान करीब २४० करोड रुपैयाको बजेटमा बनेको थियो । यो यशराज ब्यानरको साथ साथै बलीउडको पनि सबैभन्दा ठुलो बजेटको फिल्म बताइएको छ । योसँगै कमाईमा यो फिल्मले यशराज ब्यानरको पछिल्लो रेकर्डलाई पनि तोडेको छ । जानकारी अनुसार आमिरले सलमानको सुल्तानको रेकर्ड तोडेर आफनो नाम लेखाएका छन् ।
आमिरको आफनै सबैभन्दा ठुलो ओपनिंङ
आमिर खान आफ्नै रेकर्ड तोड्दै आएका छन् त्यही कारण उनलाई बक्स अफिस किंग भनिन्छ । यदि आमिर खानको पछिल्लो फिल्मको ओपनिङलाई हेर्ने हो भने धुम–३ ले ३६.२२ करोडको कमाई गरेको थियो भने दंगलले २९.७८ करोडको । पीकेले २६.६३ करोडको कलेक्शन गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा