सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउथका सुपरस्टार विजयको फिल्म “सरकार” मंगलबार रिलिज भईसकेको छ । फिल्मले केरलमा बाहुबली २ को रेकर्ड तोडेको छ । थलापती विजयको राजनितिक ड्रामा बेस्ट फिल्मले पहिलो दिन पुरै विश्वभर मा जबरदस्त कमाई गरेको छ । फिल्मले अमेरीकामा प्रीमियर शोबाट लगभग १,४५,००० डलरको कमाई गरेको छ र आशा गरे अनुसार ‘सरकार’ फिल्मले अब १ दिन भन्दा बढिको रेकर्डपनि तोडेको छ । फिल्मले रणविर कपुर ब्लकबस्टर फिल्म संजू को रेकर्ड पनि तोडेको छ ।
फिल्म ‘संजू’ ले पहिलो दिन ३४.७५ करोड भारु कोे कमाई गरेको थियो भने सरकारले यसलाई दक्षिण सर्किटमा नै पार गरेको छ । पछिल्लो आकडा अनुसार फिल्म सरकारले तामिलनाडुमा ३० करोड भारु, कर्नाटकमा ६ करोड भारु, र केरलमा ५ करोड भारु भन्दा बढि कमाई गरेको छ ।
फिल्मको पहिलो दिनको कमाईबाट नै दोस्रो दिन ५० करोडको आकडा छुने अनुमान गरीएको छ ।
फिल्मलाई ८० देशमा ३२०० स्क्रीन मा रीलिज गरीएको छ । योसँगै फिल्म अहिलेसम्मको सबैभन्दा ठुलो तामिल रिलिज फिल्म बनेको छ । फिल्मलाई जुन स्क्रीन संख्यामा रिलिज गरिएको छ, यसले फिल्म बक्स अफिसमा कैयौ रेकर्ड बनाउने आशा गरीएको छ ।
यो फिल्मलाई लिएर चारैतिर चलेको चर्चालाई देखेर फिल्म सरकार दक्षिण र अन्तराष्ट्रिय सर्किटमा आमिर खानको फिल्म “ठग्स अफ हिन्दुस्तान” लाई पनि टक्टर दिन सक्ने आकलन गरीएको छ । फिल्म ठग्स अफ हिन्दुस्तान पनि विश्वभर ७००० स्क्रीनमा रिलिज हुदैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा