सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका इङ्गल्याण्ड का पुर्व कप्तान वेन रुनी एक पटक फेरी राष्ट्रिय टिमको तर्फबाट मैदानमा उत्रदै आफनो विदाई म्याच खेल्दैछन् । वाशिंगटन डीसीको तर्फबाट खेल्ने रुनी १५ नोभेम्बरमा भेनवेलमा अमेरीका विरुद्ध मैत्री म्याचमा न केवल इङ्गल्याण्ड को जर्सी मात्र लगाएर खेल्ने छन उनी टिमको नेतृत्व पनि आफै गर्नेछन् ।
दुबै टिमको बिच हुने यो म्याच रुनी फाउण्डेशनको लागी फण्ड जुटाउने उदेश्यले खेलिनेछ । इङ्गल्याण्ड को तर्फबाट सर्वाधिक गोल गर्ने ३३ बर्षिय रुनीले थ्री लायंसको लागी अन्तिम म्याच २०१६ मा भेनवेलमा नै स्कटल्याण्ड विरुद्ध खेलेका थिए । जसमा टिमले ३–० को जीत हासिल गरेको थियो । यसपछि उनले सन्यासको घोषणा गरेका थिए ।
वाशिंगटन डीसीको लागी १२ गोल
जुलाईमा वाशिंगटन डीसी क्लबमा आवद्ध भए पश्चात रुनीले १२ गोल गरीसकेका छन भने उनले मेजर लीग सकरको तालिकाको पुछारमा रहेको क्लबलाई प्ले अफमा ठाउँ दिलाउन अहम भुमिका निभाए । यद्यपी, म्यानचस्टर युनाइटेड र एवर्टनका यी फरवार्ड शुटआँउटमा पेनाल्टीमा चुके र टीम नकआउटबाट बाहिरियो ।
– १२० औ म्याच हुनेछ इङ्गल्याण्ड को तर्फबाट रुनीको
– ५३ रेकर्ड गोल गरीसकेका छन् रुनीले इङ्गल्याण्ड को तर्फबाट
– सन्यासपछि पुन–आगमन, अमेरीका विरुद्ध १५ नोभेम्बरमा अन्तिम पटक उत्रनेछन् इङ्गल्याण्ड को जर्सिमा
– २ बर्ष पहिला स्कटल्याण्ड विरुद्ध खेलेका थिए वेनले राष्ट्रिय टिमको लागी अन्तिम म्याच
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा