सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक १९ । एनआईसी एशिया बैंकले दिपावलीको अवसर पारेर नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहार सहित चमत्कारीक बिशेषताहरु भएको “चमत्कारीक बचत खाता” सञ्चालनमा ल्याएको छ ।
खातामा ७ प्रतिशत ब्याजदर, न्यूनतम मौज्दात रु १०००, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी, अनलाइनबाट खाता खोल्न सकिने सुविधा रहेको छ भने वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार पाइने पनि जनाइएको छ ।
सो बचत खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।
यस्तै खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।
यस्तै न्युनतम वार्षिक औसत मौज्दात रु. १५,००,००० भएमा २.५ ग्राम सुनको सिक्का, ३०,००,००० भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
बैंकको हाल मुलुकभर २६४ शाखा कार्यालय, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।
बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू १३९ अर्ब पुगेको छ । बैंकको ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा