सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक १८ । एनआई सी एशिया बैंकले कुनै पनि सामान खरिदको भुक्तानी बैंकको मोबाइल बैंकिङ्ग तथा क्यूआर कोड माध्यमबाट कारोबार गर्दा ५% वा रु. ५०० सम्मको छुटको दिने भएको छ ।
बैंकले तिहारको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ उक्त योजना सार्वजनिक गरेको हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
बैंकको हाल मुलुकभर २६४ शाखा कार्यालय, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।
बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १३९ अर्ब पुगेको छ । बैंकको ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा