सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, कार्तिक १८ । एनआईसी एशिया बैकले “सोच बदलौं … भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं” भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ ।
बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहक महानुभावहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको Mo-Bank बाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम प्राप्त गर्नेछन् ।
बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नेछन् ।
बैकले ग्राहकहरूलाई ‘सोच बदलौं … भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागी भई Mo-Bank बाट दक्षिणा रकम ट्रान्सफर गरी रू. १०० बोनस प्राप्त गर्न अनुरोध समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा