सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक १७। फिल्म ‘प्रसाद’ को अफिसियल ट्रेलर सामाजिक सञ्जाल युवटुव मार्फत रिलिज भएको छ । निःसन्तान बिवाहित जोडीको कथाबस्तुमा आधारित चलचित्र ‘प्रसाद’को ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् रिलिज गर्दै सामाजिक सञ्जालमा आएको हो ।
फिल्ममा नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्कीको मुख्य भुमिका रहेको छ । सन्तान नहुँदा श्रीमान श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई ट्रेलरमा प्रस्तुत गरिको छ ।
सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ मा पत्रकार सुशील पौडेलको कथा, राजेश श्रेष्ठको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, सुवाष र कोशिष क्षेत्रीको संगीत, फिल्ममा हिमाल केसीको थ्रिल, शिव विकको कोरियोग्राफी रहेको छ । फिल्ममा विकास सुवेदी सह निर्देशकका रुपमा रहेका छन् । फिल्म मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा