सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एपलले आफनो आईप्याड प्रो, म्याक मिनि र म्याकबुक एयरको नयाँ मोडल लन्च गरेको छ । यो पटक लन्च भएको म्याकबुकको नयाँ भर्सन रीसाइकिल गरिएको एल्मुनियमबाट बनेको हो । यसको अलावा कम्पनिले म्याक मिनि र एक आईप्याड प्रो पनि सार्वजनिक गरेको थियो । यो सबै आफनो पहिलो भर्सनभन्दा महंगो छ ।
दिवंगत स्टीब जब्सले पहिला म्याकबुक एयरलाई लन्च गरेका थिए । यसको करीब १० बर्षपछि कम्पनिमा उनको अत्तराधिकारी बनेका टिम कुकले मंगलबार यो पिसी (पर्सनल कम्प्युटर) को नयाँ भर्सन लन्च गरेका हुन् । यो पिसी पहिलाको १.९४ सेमी (०.७५ इन्च) को तुलनामा १.५६ सेमी मोटो छ ।
१०० प्रतिशत रीसाइकल गरीएको एल्मुनियम र प्लास्टिकले बनेको छ म्याकबुक एयर
एपलले बताए अनुसार यो मोडल १०० प्रतिशत रीसाइकल गरीएको एल्मुनियम र प्लास्टिकले बनेको छ । यसको वदलाव यसको कार्वन फुटप्रिन्टमा कटौती गर्दछ । पछिल्लो बर्ष एपलले आफनो आईफोनको लागी एक सर्कुलर प्रोडक्शन सिस्टम बनाउनु लक्ष्य रहेको बताएको थियो । घोषणामा रीसाइकल सामाग्रीबाट नयाँ उत्पादन बनाइने बताइएको थियो ।
म्याकमिनिको अनावरण मंगलबार गरियो । एपलको आधुनिक मिनि डेस्कटप कम्प्युटरको यो नयाँ भर्सन पुर्णतः रीसाइकल गरिएको एल्मुनियम र प्लास्टिकबाट निर्मित छ । एपल केबल कम्प्युटर निर्माता मात्र होइन पछिल्लो बर्ष ग्रीनपीसको रिपोर्टमा कम्पनिलार्इं पर्यावरण अनुकुल उत्पादन बनाएकोमा उत्कृष्ट उत्पादन गर्ने कम्पनि बताइयो ।
जान्नुहोस के हो आईप्याड प्रो, म्याक मिनि र म्याकबुक एयरको नयाँ मोडलको मुल्य
– एपलको नयाँ म्याकबुक एयर २०१८ ल्यापटपको मुल्य ११८ डलरबाट शुरु हुनेछ । नेपालमा यसको मुल्य १,१४,९०० रुपैयापर्नेछ भने आगामी ७ नोभेम्बरबाट यसको प्रि–बुकिङ शुरु हुदैछ ।
– एपलको ११ ईन्च आईप्याड प्रो चार स्टोरेज भेरियन्टमा लन्च भएको छ । नेपालमा यो आईप्याडको वाई–फाई भएको मोडलको मुल्य १,१५,००० रुपैयाबाट शुरु हुनेछ । वाई–फाई सँगै सेल्यूलर मोडल भेरियन्टको शुरुवाती मुल्य १,३८,००० रुपैयाबाट शुरु हुनेछ ।
– एपलको १२.९ इन्च भएको आईप्याड प्रो वाइ–फाइ भएको मोडलको नेपालमा १,४५,००० रपैया मुल्य हनेछ । यसको वाई–फाईसँग सेल्युलर मोडलको शुरुवात १,७०,००० रुपैयाबाट शुरु हुनेछ ।
– एपल म्याक मिनि २०१८ को नेपालमा मुल्य १,२२,०० रुपैयाबाट शुरु हुनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा