सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा, कात्तिक ८। जिल्ला अस्पतालमा टेलिफोन सेवा प्रभावकारी नहुँदा दैनिक काम प्रभावित हुने गरेको छ। जिल्ला सदरमुकामको मुख्य बजारबाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा परेका छन्। जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध भए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहुँचमा पुगेको छैन।
‘कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता छ’, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा. सुशील आचार्यले भने, ‘टेलिफोन असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्।’
अस्पतालको डेलिभरी कक्षमा सीडीएमए टेलिफोनबाट काम चलाएका छौँ’, रोल्पा जिल्ला अस्पतालका स्टाफ नर्स शर्मिला आचार्यले भनिन्, ‘कहिलेकाहीँ सीडीएमएले समेत काम नगर्दा निकै सकस हुन्छ।’
सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका एक कर्मचारीले बताए। रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा