सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं, कार्तिक ७ । प्रोग्रेसिभ फाईनान्सले ११ रिक्त पदका लागी कर्मचारी मागेको छ । काठमाण्डौको पाको न्युरोडमा मुख्य कार्यालय रहेको फाईनान्सले मुख्य कार्यालय लगायत भक्तपुरको ठिमि, बनेपा लगायत चाडै नै खुल्न लागेका नयाँ शाखाहरुको लागी कर्मचारी छनोट गर्न लागेको हो ।
उच्च ब्यवस्थापकीय क्षमताका साथ अगाडि बढेको प्रोग्रेसिभ फाइनान्सले म्यानेजमेन्ट पदका लागी डेपुटि चिफ एक्जुकेटिभ अफिसर, असिसटेन्ट जनरल म्यानेजर, डेपुटि म्यानेजर, असिसटेन्ट म्यानेजर गरी १/१जना मागेको छ । त्यस्तै अफिसर ४ जना, सुपरभाइजर १ र जुनियर ट्रेनी असिसटेन्ट २ जना गरी जम्मा ११ जनाको लागी विज्ञापन गरेको छ ।
म्यानेजमेन्ट तहको लागी उमेरको हद २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेको र अफिसर तहको लागी ४० बर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै सुपरभाईजर र जुनियर ट्रेनि असिसटेन्ट को लागी १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनुपर्नेछ । महिलाहरुको हकमा भने विज्ञापनमा तोकिएको भन्दा ५ बर्ष बढि उमेरकाले पनि आवेदन दिन पाउनेछन् ।
जुनियर ट्रेनी असिसटेन्ट वाहेक सबै तहका लागी सम्बन्धित काममा अनुभव भएका ब्यक्तिले आवेदन दिन सक्नेछन् । कर्मचारी छनोट गर्दा अन्तरवार्ता वा लिखितबाट गर्न सक्नेछ भने फाइनान्सले चाहेमा दुबै परिक्षा पनि लिन सक्नेछ ।
इच्छुक ब्यक्तिले आज (कर्तिक ७) देखी ११ नोभेम्बर (कार्तिक २५) भित्र आफनो अपडेट गरेको वायोडाटा [email protected] मा पठाउन सक्नेछन् ।
विज्ञापन हेनुहोस्
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा