सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कपिलवस्तु, कार्तिक ५ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा सोमबार साँझ ५ बजेदेखि फेरि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।
पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको छ ।
निषेधित क्षेत्रभित्र भेला हुन, आवतजावत गर्न र हुल हुज्जत जस्ता क्रियाकलाप नगरी घरमै बस्न प्रशासनले आग्रह गरेको छ ।
मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न झडप नियन्त्रणका लागि जिल्लाको कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा