सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको एक शहर कृत्रिम चन्द्रमा निर्माण गर्ने तयारीमा छ । यो कृत्रिम उपग्रह धरतीमा करीब ८० किलोमिटरसम्म प्रकाश दिनेछ । यो कृत्रिम चन्द्रमाको विशेषता भनेको वास्तविक चन्द्रमा भन्दा आठ गुणा बढि अधिक चमक दिनु हो । अहिलेसम्म प्रकाशक उपग्रहको रुपमा प्रचारित गरिएको यो उपग्रहलाई चेंगदू शहरको दक्षिण पश्चिम इलाकाको माथि २०२० सम्म स्थापीत गरीनेछ ।
अधिकारीहरुले योे प्रोजेक्टसँग जोडिएको केहीमात्र जानकारी शेयर गरेका छन् । यो विचार एक फ्रान्सेली कलाकारको कल्पनाबाट प्रेरित छ, जसमा उसले धरतीलाई चारैतिरबाट प्रतिविम्बको मालाले घेरने कुरा भनिएको थियो । चेंगदू एयरोस्पेस साइन्स एण्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च ईन्चिच्युट कम्पनि लिमिटेडका चेयरम्यान वू चुनफेडले यो परियोजनाको विषयमा जानकारी दिएका हुन् ।
यो कृत्रिम चन्द्रमालाई परम्परागत स्ट्रील लाइटको विकल्पको रुपमा हेरिएको छ । खबर अनुसार प्राकृतिक उपग्रह चन्द्रमाको पूरकको रुपमा कार्य गर्ने यो कृत्रिम उपग्रह २०२० मा लन्च भएसँगै शहरको रात अरु धेरै उज्यालो हुनेछ । कृत्रिम चन्द्रमा को प्रकाशलाई १० देखी ८० किमि सम्म नियन्त्रण पनि गर्न सकिनेछ ।
चेंगदू शहरको कृत्रिम चन्द्रमासँग सम्बन्धित परियोजनाको विरोध पनि शुरु भएको छ । नागरीकहरु यसले पशु–प्राणिदेखी लिएर अन्तरिक्षसँग जोडिएको वेधशालासम्मलाई विपरित असर पर्ने कुरालाई लिएर चिन्तित छन् । तर एक वरिष्ठ वैज्ञानिक कांग वेइमिनका अनुसार कृत्रिम चन्द्रमाको चमक धेरै नहुने बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा