सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलले बडादशैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्।
पूर्वराजा शाहले आफ्नै निर्मल निवासमा दिउँसो ३ बजेदेखी टिका थाप्न पुगेका सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।
पूर्वराजाको हातबाट टिका थाप्नेको निर्मल निवासको मुख्य गेट अगाडि भीड लागेको थियो ।
अघिल्लो वर्ष टिका नलगाइदिएका पुर्वराजाको हातबाट टिका थाप्न आउने शुभेच्छुकहरुको संख्या उल्लेख्य थियो ।
आमा रत्नको हातबाट टिका ग्रहण गरेका पूर्वराजा शाहको त्यसलगत्तै निर्मल निवासमा आफन्तसँग टीका लगाउने कार्यक्रम चलेकी थियो।आमाको हातबाट आफूले टीका थापेपछि पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिएका हुन्।
पूर्वराजा ज्ञानेन्द्रको हातबाट टिका थाप्न राप्रपा अध्यक्ष कमल थापा, नेताहरु बुद्धिमान तामाङ, टंक ढकाललगायत पूर्वपञ्च र सर्वसाधारण निर्मल निवास पुगेका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा