सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, कार्तिक २ । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगढ मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो। मृतक तीन जनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना बिहान २ः३० बजे भएको थियो। त्यसैबीच माडीमा हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ। माडी नगरपालिका–३ धुवामा खेतको धान कुर्दै गरेका स्थानीय १५ वर्षीय रवि चौधरीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
घटना राति साढे १२ बजे भएको प्रहरीले जनाएको छ। रातको समयमा जङ्गली हात्तीले धान खान थालेपछि माडीवासी जाग्राम बसेर हात्ती लखेट्ने गर्दछन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा