सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानी अदालतले ७ बर्षकी बालिका बलात्कार र त्यसपछि निर्मम हत्याको आरोपमा दोषी ठहर गरेको इमरान अलीलाई फाँसी दिएको छ । पाकिस्तानको लखपट जेलभित्र आरोप सावित भएर सजाए सुनाएको ९ महिनामै अलीलाई बुधबार फाँसी दिएको हो ।
लात्कृत बालिकाको बाबुले दोषीलाई सार्वजनिक स्थलमा सबै सामु फाँसीमा झुण्डाउन माग गरी रिट दायर गरेका थिए जसलाई कोर्टले नियम कानुन सम्बत नभएको भन्दै खारेज गरे पछि उनलाई जेलभित्र झुण्डाइएका हो ।
२४ बर्षिय इमरानले लाहोरभन्दा ५० किलोमिटर टाढा रहेको कसुर जिल्लाकी बच्चीलाई बलात्कार गरी हत्या गरेका थिए । बच्चीको शब ९ जनवरी मा डम्पिङसाइटमा रहेको फोहोरको थुप्रोमा भेटिएको थियो ।
जानकारी अनुसार, बुधबार विहान ५ः३० बजे इमरान अलीलाई फाँसीमा झुण्डाउदाको समय जेल परिसरमा पिडितका बुबा र न्यायधिश सहित अलीका परिवारका केही सदस्यहरु पनि सहभागी थिए । फाँसी दिनुभन्दा पहिला प्रशासनले अलीलाई ४५ मिनेटको समय दिएको थियो जसमा उनले आफनो परिवारका सदस्यसँग भेटेर केही कुराहरु पनि गरेका थिए ।
फाँसी दिए पश्चात बच्चीको बुबा अमीन अंसारीले मिडियासँग आफुले न्याय पाएको र सन्तुष्ट भएको बताए । उनले भने मैले मेरो आँखाले नै उसको अत्य भएको देखे । उसलाई फाँसी दिइयो र उसको शव आधा घण्टासम्म भुण्डि रह्यो । यसपछि एम्बुलेन्स लिएर इमरानको भाइ र दुई जना साथी पनि शव लिनको लागी आए ।
९ अन्य घटनामा पनि शरीक थिए बलात्कारी अली
पछिल्लो साता आतंकवाद विरोधी अदालतले इमरान अलीलाई १७ अक्टोबरमा लाहोर जेलमा फाँसीमा झुण्डाउने आदेश दिएको थियो । इमरान बलात्कार र हत्याको अन्य ९ घटनामा पनि दोषी सावित भएका थिए । फाँसी पछि अंसारीले पाकिस्तान प्रधान न्यायधिश साकिब निसारलाई पनि आभार ब्यक्त गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा