सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दमौली : तनहुँ हाइड्रोपावर लिमिटेडले अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ। आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) का लागि पूर्वछनोट भएका छ कम्पनीलाई लिमिटेडले प्रस्ताव माग गरेको हो।
आयोजनाको डिपिआरका लागि १९ कम्पनीले आशयपत्र पेश गरेका थिए। त्यसमध्ये एउटा अमेरिका, तीन युरोप र दुई एशियाको कम्पनी डिपिआरका लागि पूर्वछनोट भएका छन्। प्राविधिक र आर्थिक प्रस्तावका आधारमा एउटा कम्पनी छनोट गरिने हाइड्रोपावरले जनाएको छ।
काम शुरु भएको २० महिनामा विस्तृत सम्भाव्यता अध्ययन तयार पारिने कम्पनीका साइट इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए। डिपिआर तयार गर्न एशियाली विकास बैंक (एडिबी)ले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ।
डिपिआरका लागि छनोट हुने कम्पनीले आयोजनाको ठेक्का कागजात र विस्तृत इञ्जिनियरिङ तयार गर्नुपर्नेछ। २२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना अर्धजलाशय हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यसअघि नै आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो। कम्पनीले शुरुमा ९२ मेगावाट क्षमतामा अध्ययन गर्न विद्युत् विकास विभागबाट अनुमतिपत्र लिए पनि सम्भाव्यता अध्ययनले क्षमता बढ्ने देखाएको हो।
तनहुँ जलविद्युत् आयोजना (१४० मेगावाट) को विद्युत गृह हुँदै टेलरेस (पानी निकास सुरुङ)बाट निस्केको पानी उपयोग गरी आयोजना निर्माण हुनेछ। तनहुँ जलविद्युत् आयोजना (माथिल्लो सेती)को लागत महँगो भएकाले क्यासकेडका रूपमा तल्लो सेती निर्माण गरेर लागत अनुपात मिलाउन खोजिएको छ। कम्पनीका अनुसार आयोजनाको रिटर्न अन इक्विटी (स्वपूँजीमा गरिएको लगानीको प्रतिफल) करिब २० प्रतिशत हुनेछ।
यसो हुँदा माथिल्लो सेतीको महँगो लागतसमेत यसले समेट्ने जिकिर गरिएको छ। कम्पनीले आयोजनामा स्थानीयवासीका लागि पनि शेयर लगानीको अवसर दिने भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा