सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३० । काठमाडौं उपत्यकाबाट दशैं मनाउन २१ लाखभन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो संख्या यात्रु बाहिरिएका हुन्।
स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ। टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण बुधबार पनि काठमाडौं उपत्यकाबाट बाहिरिँदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए।
दशैंभर काठमाडौँबाट करिब २४ लाख मानिस बाहिरिने उन्को भनाइ छ। काठमाडौंबाट २२ लाख मानिस बाहिरिएसँगै दुई दिनदेखि काठमाडौंको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन्। अहिले काठमाडौंका प्रायः सडक र पसल सुनसान देखिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा