भर्खरै

शिक्षाविद् भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा निधन


 October 17, 2018     सेतो खबर

काठमाडाैं, असोज ३१ । शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ।

कार्यक्रमका लागि अमेरिका गएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको परिवारले जनाएको छ। काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी त्यहाँ अध्यापनसमेत गरिरेका थिए।

निधनको कारणबारे त्यहाँ थप अध्ययन भइरहेको रिवारलाई भेट्न पुगेर फर्किएका सो विश्वविद्यालयका शिक्षा सङ्कायका डीन डा महेशनाथ पराजुलीले जानकारी दिए। रामेछापको साँघुटारमा जन्मिएका उनी यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गरेका थिए।

राति होटलमा सुतेको अवस्थामा निधन भएको रनाकबाट रगत बगेको पाइएपछि हृदयाघात भएको अनुमान गरिएको छ। निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि शव अन्त्येष्टिका लागि नेपाल ल्याइनेछ। उनका श्रीमती र तीन छोरा छन्। रासस

ctzn
LIC

LIC


Ime Inside