भर्खरै

झलनाथले भने : सरकारले जनअपेक्षा अनुसार कामै गर्न सकेन


 October 16, 2018     सेतो खबर

काठमाडौं, असोज ३०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

मगलबार काठमाडौंमा आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताए ।

महंगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ थियो।

नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गरे । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उनको सुझाव थियो

 

ctzn
LIC

LIC


Ime Inside