सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सह–संस्थापक पल एलेनको सोमबार निधन भएको छ । ६५ बर्षिय ऐलन क्यान्सरबाट पिडित थिए । बिल गेट्स र ऐलन बच्चा बेला देखीका साथी थिए र दुबै मिलेर माइक्रोसफ्ट कम्पनिको स्थापन गरेका थिए ।
ऐलनको कम्पनि वल्कन इंकले बयान जारी गर्दे यो दुखद समाचारको पुष्टि गरेको हो ।
उनको वहिनि जाडीले बयानमा भनिन “मेरो भाई हरेक क्षेत्रको एउटा उत्कृष्ट ब्यक्ति थिए । सबैजसो मानिसहरु उनलाई टेक्नोलोजिस्ट र समाजसेवीको रुपमा चिन्छन तर हाम्रो लागी उ धेरै नै प्यारो भाई थियो र एउटा असल साथी थियो” ।
सोमबार मुत्यु भएका ऐलनले केही दिन पहिला आफुलाई २००९ मा क्यान्सर (एनएच लिम्फोमा) भएको बताएका थिए ।
फोब्स पत्रिका अनुसार, एलेनको जन्म १९५३ मा सिएटलमा भएको थियो र उनको कुल सम्पत लगभग २.१७ अरब डलर छ र उनी विश्वको ४४ औ धनि ब्यक्ति हुन् ।
ऐलन र गेट्सले १९७५ मा माइक्रोसफ्ट कम्पनिको स्थापना गरेका थिए । माइक्रोसफेटको लागी १९८० फलदायी सावित भयो जब आईबीएम कर्पोरेशनले पर्सनल कम्प्युटरको क्षेत्रमा प्रवेश गर्ने निर्णय लियो । ऐलनले समुन्द्रि हेल्थ, घरवार विहिन मानिसहरु र एड्भान्स साइन्टिफिक रिसर्च जस्ता क्षेत्रमा पछिल्लो केही दशकको दौरान २ अरब डलरभन्दा बढि सहायता दिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा