सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
म्याग्दी, असोज ३० । गण्डकी प्रदेश सरकारले आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले भौगोलिक रुपमा विकट र कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई आवासीय बनाउने तयारी गरेको हो ।
बेनीमा सोमबार पत्रकारसँगको भेटघाटमा मन्त्री नरदेवी पुनले आवासीय विद्यालय सञ्चालनका लागि चालू आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
आवासीय विद्यालयको मापदण्ड तयार पारेर चालू आर्थिक वर्षमै हिमाली जिल्ला मनाङ र मुस्ताङबाट कार्यक्रम कार्यान्वयन गरिने बताउँदै उनले यसबाट दरबन्दी अनुसारका शिक्षक अभावको समस्या समाधान हुनाकासाथै गुणस्तर सुधारमा पनि सहयोग पुग्ने बताइन् ।
रोजगार र सीपमूलक तालीम, प्रतिष्ठानहरुलाई एकीकृत, प्राविधिक महाविद्यालय सञ्चालनको तयारी गरेको प्रदेश सरकारले भौतिकसँगै मानवीय विकासमा पनि उत्तिकै जोड दिएको मन्त्री पुनले बताइन् ।
बेनी–दरवाङ–ढोरपाटन सडकलाई दुई जिल्ला जोड्ने राजमार्ग बनाउन पहल गरिएको र त्रिवेणी–कोरला सडकलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा