भर्खरै

एनआईसी एशियाको “न्यू प्रिमियम समुन्नति बचत खाता” अनलाइनबाटै खोल्न सकिने


 October 15, 2018     सेतो खबर

काठमाडौं, असोज २९ । एनआईसी एशिया बैंकको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै खोल्न मिल्ने भएको छ ।

“सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथ बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीका बाट आफ्नो बैंक खाता खोल्न सकिने जनाएको छ ।

अब ग्राहकहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०५ को विशेष छुट पाउन सक्नेछन् ।

यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

ctzn
LIC

LIC


Ime Inside