सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९ । दसैँको अवसरमा नागरिक सहजताको लागी नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ३ विभिन्न रुटमा निस्शुल्क बस सञ्चालन गर्ने भएको छ ।
नेपाल प्रहरीले अष्टमी, नवमी र दशमी नागरिकको सहयोगका लागि बस सेवा सञ्चालन गर्न लागेको हो ।
दसैँका बेला उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून रुपमा चल्ने भएकाले आवागमनमा सुविधा पुर्याउने उद्देश्यले नेपाल प्रहरीले निःशुल्क बस चलाउन थालेको हो ।
बुधबारदेखि शुक्रबारसम्म प्रहरीले उपत्यकाका विभिन्न ३ रुटमा बस सञ्चालन गर्न लागेको हो ।
यस्तो छ रुट
रुट नं. १ – नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र दरबारमार्ग हुँदै पुन नक्साल ।
रुट नं. २ – नक्सालबाट मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक र बालुवाटारहुँदै पुनः नक्साल
रुट नं. ३ – नक्सालबाट जय नेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला र रातोपुल हुँदै पुन नक्साल
विजया दशमी २०७५ को अवसरमा नागरिक सहजताको लागि असोज ३१, कात्तिक १ र २ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले काठमाडौं…
Posted by Nepal Police on Monday, October 15, 2018
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा