सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९। लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ०.७९ विन्दुले घटेर एक हजार २४१.६४ विन्दुले बढेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४५ विन्दुले घटेर २६४.१० विन्दुमा पुगेको छ।
स्टकका अनुसार कूल १५२ कम्पनीको १४ लाख ६४ हजार ८९४ बित्त शेयर रु ३३ करोड ५८ लाख ६५ हजार ५२३ मूल्यमा खरिदबिक्री भएको छ। कारोबार रकम भने आइतबारको तुलनामा बढी हो। स्टकका अनुसार कारोवार भएका विभिन्न दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ।
होटल ५.४२, वित्त ३.३५, निर्जीवन बीमा १२.३५, उत्पादन २४.३३, जीवन बिमा २.६४ प्रतिशतले वृद्धि भएको छ। यस्तै बैंकिङ ०.४६, विकास बैंक ५.३२, जलविद्युत् ५.९७, अन्य ४.३६ र माइक्रोफाइनान्स ०.६ प्रतिशतले घटेको छ। रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा