सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओली दसैं मनाउन गृहजिल्ला झापा जाने भएका छन् । प्रधानमन्त्री आउने भएपछि झापाको सुरक्षा व्यवस्था कडा बनाउन थालिएको छ । सवारी चेकजाँचदेखि सीमा क्षेत्रमा हुने आवतजावत र ओसारपसारमा समेत कडाई गरिएको झापा प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ओली कात्तिक १ गते झापा जाँदै छन् । विगतका वर्षमा जस्तै चियापान समारोहलाई निरन्तरता दिन र शुभकामना आदनप्रदान गर्न उनी गृहजिल्ला जान लागेका हुन् ।
चाडपर्वको समयमा प्रहरी र भन्सारका कर्मचारीको चेक जाँचमा व्यस्तता बढ्ने र बिदामा बस्नाले जनशक्ति कम भएको मौका छोप्दै बिस्फोटक पदार्थ र हातहतियार भित्रन सक्ने भन्दै प्रदेश नम्बर १ को कुकुर शाखा धरानबाट तालिम प्राप्त कुकुर ल्याएर पनि झापाका मुख्य बजारमा चेकजाँच सुरु गरिएको दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा