सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आजदेखि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच नारायणहिटी दरबार संग्राहलयमा उक्त श्रीपेच सार्वजनिक गरेका छन् ।
नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। फलामको स्ट्याण्डमा राखिएको श्रीपेचलाई सर्वसधारणले कम्तीमा १० मिटरको दुरीबाट अवलोकन गर्न सक्नेछन् ।
श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइएको छ।
दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ। सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन।
केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो। त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा