सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सामान्यतया दशैंमा अरु बेलाभन्दा बढी मासु खाइन्छ । मासुलाई पोसिलो खानेकुराका रुपमा लिइन्छ । मासु प्रोटिनको राम्रो स्रोत भए पनि मिलाएर खाना नजान्दा त्यसैले ज्यान जोखिममा पर्न सक्छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने चेतना निकै कम भएको पाईन्छ नेपाली समाजमा । दशैंमा धेरैका घरमा मासुका परिकारहरु पाक्छन् ।
त्यसैले त चाडवाड लगत्तै मासुजन्य रोग लाग्नेहरुको संख्या पनि अधिक हुने गर्दछ हाम्रो मुलुकमा । चाडपर्वको बेला मानिसहरुले बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन । चिकित्सकहरुका अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटरोग, मधुमेह र पेटजन्य समस्याका विरामीको संख्या हृवात्तै बढ्छ । त्यस्तै बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखला, क्षयरोग, आउँ, पेट फुल्ने, मृगौलाको रोग, कोस्टल इन्फेक्सन, फुड पोइजनिङ आदि समस्या समेत देखिने गरेको छ ।
सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । मासु पौष्टिक आहार हो, जसमा १४ देखि २१ प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन लगायतका तत्व पनि पाइन्छ । मासु रातो र सेतो गरी दुई प्रकारको हुन्छ । चार खुट्टे जनावरको मासुलाई रातो मासु भनिन्छ भने माछा, कुखुरा र पन्छी वर्गको मासुलाई सेतो मासु भनिन्छ ।
रातो मासुको तुलनामा सेता मासु धेरै फाइदा जनक हुने चिकित्सकहरुको भनाइ छ । सिभिल हस्पिटका डाक्टर दिनेश कुमार लम्साल रातो मासु कम खाँदै राम्रो हुने बताउनुहुन्छ । नेपालमा फोहोर बधशाला, मासुको तयारी र रखबारीमा हुने लापरवाहीका कारण विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरु सर्ने गरेको पाइन्छ ।
किन्दा मात्रै होइन, पकाएर खाँदा पनि मासुका विषयमा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । काँचो मासुको परिकार खाँदा विभिन्न रोग सर्ने सम्भावना हुन्छ । चिकित्सकहरु भन्छन्, पोलेका मासु, सेकुवा, हाकु, छोइला सकेसम्म नखाएकै राम्रो ।
दशैंमा एकैपटक धेरै मासु काट्ने चलन हुन्छ । यस्तो बेला मासुको भण्डारणमा पनि ध्यान दिनुपर्छ । मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन । विद्युत् सेवा भएको ठाउँमा सामान्य फ्रिजमा भन्दा डि–फ्रिजमा मासु राख्नु उपयुक्त मानिन्छ । यस्तै विद्युत् सेवा नभएका ठाउँमा सुकाएर राख्दा उपयुक्त हुने बिर अस्पतालका डाक्टर केदारप्रसाद सेन्सुरीको सुझाव छ ।
पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार नपु¥याउँदा स्वास्थ्य बिग्रिने मात्रै होइन, ज्यान नै जोखिममा पर्ने चिकित्सकहरु बताउँछन् ।
बालबालिका र बुढाबुढीलाई बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । मासु कम खाने, सकेसम्म हरियो सागपात पनि सँगै खाने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेल राखेर पकाउन डाक्टरहरुको सुझाव छ ।
पिरो मासुका परिकारसँग रक्सी खानेहरुलाई पेटको अल्सर तथा क्यान्सर, रक्तअल्पता, छिटो हुने चिकित्सकहरुले बताएका छन् । मासु किनेर खुल्ला नराख्नु उत्तम हुन्छ । उपलब्ध भए डिपफ्रिजमा राख्ने वा आगोको छेउछाउमा ठूलो भाँडोमा छोपेर राख्नुपर्छ । फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ । बासी तथा खुला स्थानमा राखेको मासु खानु हुदैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा