सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २९ । ३८ क्विन्टल सुन सस्करीका तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्रेर नेपाल ल्याएको छ।
श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो। श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइने केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए।
उनीविरुद्ध गत बैशाखमा फरार अभियुक्तका रुपमा मुद्दा दायर गरिएको थियो। श्रेष्ठ युएईको दुबई शहरमा बसेर सुन तथा हुन्डीको कारोबारमा संलग्न व्यक्ति हुन्। दुबईबाट उनले नेपालमा सुन पठाउने काम गर्ने गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।
श्रेष्ठका व्यवसायिक साझेदार तथा सुन तस्करीका मुख्य नाइके चुडामढिा उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उप्रेती पनि दुबईमा पक्राउ परिसकेका छन्। निष्कासनका लागि त्यहाँको मन्त्रालयबाट निर्णय भइसकेको छैन। उनी तीन महिनाअघि पक्राउ परेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा