सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २८ । सिटिजन्स बैंकले काठमाडौँको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । जनताको बैंकसँगको पहुँच बढाउन मध्य बानेश्वर क्षेत्रका आफना ग्राहकहरुलाई लक्षित गरी बैकले ए.टि.एम शुभारम्भ गरेको हो ।
“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आईरहेको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा