सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
काठमाडौँ, असोज २८। नेपालीहरुको महान पर्व दशैँको उपलक्ष्यमा नेपाली सेनाले नि:शुल्क बस सञ्चालन गर्ने भएको छ । सेनाले दशैँ टीकाको दिन (कार्तिक २) गते काठमाडौं उपत्यकामा नि:शुल्क बस सञ्चालनमा आउने भएको हो।
विजया दशमीका दिन उपत्यकाभित्र सार्वजनिक सवारी साधन कम संख्यामा चल्ने भएकाले सैनिक तथा सर्वसाधारणको आवागमनमा सुविधा पुर्याउन ८ वटा रुटहरुमा बस सञ्चालन गर्न लागेको सेनाले जानकारी दिएको छ ।
यी हुन् नि:शुल्क बस चल्ने रुट :
रुट नं.१— भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।
रुट नं.३— भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
रुट नं.४— भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउा, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, सााखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
रुट नं.७— भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।
रुट नं.८— भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा