सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २८ । नेपाल प्रहरीको ११ वरिष्ठ उपरिक्षक (एसएसपी) हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजीत एक कार्यक्रममा बढुवा भएका डिआईजीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बढुवा हुनेहरुमा बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरज शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय छन् ।
गएको असोज २० मा बसेको बढुवा समितिको बैठकले सिफारिस गरेका ११ जना विरुद्ध कुनैपनि उजुरी नपरेपछि उनीहरुलाई आज बढुवा गरिएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा