सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, असोज २८ । गोरखा पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौँ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् । १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका हुन् ।
थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान गरिएको छ । उपाधि विजेता थापालाई आजको रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रम समेत गराइने छ ।
प्रतियोगितामा वाग्लुङका तीर्थ पुन दोस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३५ हजार र २५ हजारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा