सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानले भारतको तर्फबाट एउटा मात्र सर्जिकल स्ट्राइक गरेमा आफनो तर्फबाट जवाफमा “१० सर्जिकल स्ट्राइक” गर्ने धम्कि दिएको छ । परमाणु हतियारले सु–सम्पन्न दुबै छिमेकी देशविच अहिले वाकयुद्ध चर्किएको छ । सेनाको इंटर सर्भिसेजका जन–सम्पर्क विभागका प्रवक्ता मेजर जनरल आसिफ गफुरले लण्डनमा मिडियासँग गरिएको कुराकानीको दौरान यो बयान दिएको हो । जहाँ गफुर पाकिस्तानका सैन्य प्रमुख कमर जावेद बाजवासँग भ्रमणमा लण्डन गएका थिए ।
रेडियो पाकिस्तानले गफुरलाई हवाला दिदै भने “यदि भारत पाकिस्तानको क्षेत्र भित्र सर्जिकल स्ट्राइक गर्ने हिम्मत गरेमा उसलाई प्रतिक्रिया स्वरुप १० सर्जिकल स्ट्राइक गर्नु पर्ने हुन्छ । उनले अगाडि भने “जो हामी विरुद्ध कुनै पनि तरिकाको दुर्घटना गराउने बारेमा सोचेमा छन भने उनीहरुले पाकिस्तानको क्षमतालाई लिएर आफनो दिमागमा कुनै पनि शंका राख्न आवश्यक छैन” ।
सैन्य प्रवक्ताले भने कि “पाकिस्तानी सेना ५० अरब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर (सिपीईसी) को संरक्षक हो र यो विशाल परियोजनाले देशको अर्थब्यवस्था मजबुत गर्नेछ । उनले भने कि सेना पाकिस्तानको लोकतन्त्र मजबुत बनाउन चाहन्छ” । साथै गफुरले जुलाईमा भएको आम चुनाव देशको इतिहासको सबैभन्दा पारदर्शि चुनाव भएको दावि समेत गरे ।
उनले अगाडि भने “यदि कुनै ब्यक्तिसँग चुनाव धाधली भएको प्रमाण छ भने त्यसलाई अगाडि ल्याउन आग्रह गर्दछु ” उनले मिडियामाथिको रोकको खबरलाई खारेज गर्दे भने “अभिब्यक्तिको पुर्ण स्वतन्त्रता छ “।
गफुरले पाकिस्तान नराम्रो भन्दा विकास धेरै भएको छ र यसलाई अन्तराष्ट्रिय मिडियाले राम्रोसँग देखाउन पनि आवश्यक रहेको टिप्पणि गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा