सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २६। मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनौट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरूद्दको खेल वर्षाले बीचमा नै बिथोलेपछि पूरा हुन पाएन । जसका कारण सिंगापुर र नेपालको समान अंक भए पनि रनरेटका आधारमा नेपाल विजेता बन्यो । शुक्रबारको खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो । आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७.७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ ।
प्रतियोगिताबाट नेपाल विजेताका रूपमा, सिंगापुर उपविजेता र मलेसिया तेश्रो हुँदै टी–२० विश्वकप छनौटको दोश्रो चरणमा प्रवेश गरेका छन् । जसमा नेपाल, सिंगापुर, मलेसियासहित यूएई, कुवेत र कतार छनौट भइसकेका छन् ।
बलिङतर्फ सन्दीप लामिछानेले ३ दशमलब ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा बसन्त रेग्मी र ललित राजवंशीले १–१ विकेट हात पारे । प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन र भुटानलाई सजिलै पराजित गर्यो भने सिंगापुरले पनि समान टिमहरुलाई पराजित गरेको थियो ।
सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा : सन्दीप लामिछाने एकै प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिता भरी कुल २४ विकेट लिए । शुक्रबार सिंगापुरसँगको खेल अगाडि सन्दिपले ५ खेलमा २० विकेट लिइसकेका थिए । शुक्राबार चार विकेट थप्दै सन्दीप नेपालका किर्तीमानी बलर बनेका हुन् ।
यसअघि बसन्त रेग्मीले २०१२ को विश्व क्रिकेट लिग डिभिजन-४ मा २१ विकेट लिएका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा