सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २६। आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको नेपालले जितका लागि ८२ रनको लक्ष्य पाएको छ।
मलेसियाको वायुमस ओभल मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अलआउट हुँदै ८१ रन बनायो।
सिंगापुरलाई सस्तैमा समेटन नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ३.३ ओभर बलिङ गर्दै १६ रन खर्चिए। त्यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा ललितनारायण राजवंशी र बसन्त रेग्मीले १–१ विकेट लिए।
समान अंक सहित शीर्ष स्थानमा रहेका दुई नेपाल र सिंगापुरबीचको खेलपूर्व नै यी दुई टिम अघिल्लो चरणका लागि छनोटमा परिसकेका छन्। आज टस जित्दै नेपालले बलिङ रोजेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा