सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुरै विश्वमा इंटरनेट युजर्सले अगिल्लो ४८ घण्टाको दौरान धेरै नै समस्या भोग्नु पर्ने हुन सक्छ । मुख्य डोमेन सर्भरमा मेन्टेनेन्सको कामका कराण नेटवर्क फेल्युरको कारण इंटरनेट कनेक्टिभिटि प्रवाभित हुने भएको छ । यही दौरान इंटरनेटको उपलब्धता प्रभावीत हुनेछ ।
रशिया टुडेको रिपोर्ट अनुसार, पुरै विश्वभर इंटरनेट युजर्स नेटवर्क कनेक्शन भङ्ग हुदा चिन्तित हुनेछन् । मुख्य डोमेनको काम हुदा स्पिड प्रभावीत हुनेछ । ४८ घण्टासम्म यो स्थिति रहने सम्भावना छ ।
जुन बेला विश्वभर इंटरनेटको स्पीड प्रभावीत हुनेछ त्यो समय इंटरनेट कर्पोरेशन अफ असाइन्ड नेम्स एण्ड नंबर्स ले मेन्टेनेन्सको काम गर्नेछ । यो काम क्रिप्टोग्राफीलाई बदलेर गरिनेछ । यस किसिमको मेन्टेनेन्सले इंटरनेटको एड्रेस बुक वा डोमेन नेम सिस्टमलाई प्रोटेक्ट गर्न मद्यत मिल्नेछ । आईक्यानका अनुसार साइबर आक्रमण को बढ्दो घटनालाई बचाउन यो मेन्टेनेन्सको काम गरीएको जनाएको छ ।
‘कम्यूनिकेशन्स रेगुलेटरी अथोरिटि’ ले आफनो बयानमा भनेका छ सुरक्षा, स्थिरताको लागी पुरै विश्वमा यस्तो खाले इंटरनेट शटडाउन धेरै नै आवश्यक छ । अथोरिटिले बताए, यदि युजर्सको नेटवर्क अपरेटर्स वा इंटरनेट सर्भिस प्रोभाइडर्स यो बदलावको लागी तयारी छैनन् भने उनीहरु यो स्लोडाउनसँग समस्या हुन सक्छ । यो पनि स्पष्ट पारिएको छ कि सिस्टम सेक्यूरिटि एक्सटेन्सलाई इनेबल गर्दे यो प्रभावलाई कम गर्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा