भर्खरै

आइसीसी टी–२० छनोट: सिंगापुरकाे चाैथाे विकेट पतन, सोमपालले लिए व्याक्तिगत​ २ विकेट


 October 12, 2018     सेतो खबर

काठमाण्डौँ, असोज २६ । मलेसियाको क्वालालम्पुरमा जारी आईसीसी टी–२० एसिया क्षेत्र छनौटमा नेपालले सिंगापुरकाे महत्वपूर्ण चाैथाे विकेट लिएकाे छ । ११ अाै‌ अाेभरकाे दाेस्राे बलमा वसन्त रेग्मीले एस चन्द्रमोहनलार्इ व्यक्तिगत २५ रनमा अाउट गरेका हुन् ।

बलिङतर्फ सोमपाल कामीले ३ ओभर बलिङ गर्दै २ विकेट लिएका छन् भने सन्दीप लामिछानेले र वसन्त रेग्मीले समान १-१ विकेट लिएका छन् ।

यसअघि वर्षाका कारण खेल केही समय रोकिएको  थियाे । नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङ गरेको सिंगापुरले खेल रोकिनुअघि ९ ओभरको खेल सकिँदासम्म ३ विकेट गुमाउँदै ४८ रन बनाएको थियाे ।

 

 

ctzn
LIC

LIC


Ime Inside