सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारत र रुस विच भएको एस–४०० मिसाइल रक्षा प्रणाली सम्झौता र प्रतिबन्धको बाबजुत भारत ईरानको तेल खरिदलाई निरन्तरता दिइरहेको छ र अब अमेरीकाले कठोर कदम उठाउने धम्कि दिएको छ । अमेरीकि राष्ट्रपति डोनाल्ड ट्रपले धम्किपुर्ण भाषामा भनेको छ कि ४ नोभेम्बर पछि यदि कुनै देशले ईरानसँग तेल खरिद गरेमा उ विरुद्ध कडा भन्दा कडा कारवाहीको लागी कदम उठाइनेछ ।
ट्रंपले धम्किपुर्ण भाषामा भने कि “४ नोभेम्बरसम्म विश्वभरको देश ईरानसँग कच्चा तेलको आयात पुरै बन्द गर्नेछ, यदि यस्तो नभएमा उमेरीका उनीहरुलाई के गर्नेछ त्यो बेला देख्नेछ” । ट्रंपले भारत र चीनलाई पनि चेतावनी दिदै भने “म उनीहरुलाई पनि हेर्नेछु” ।
राष्ट्रपति डोनाल्ड ट्रंपले २०१५ मा ईरान परमाणु सम्झौताबाट अमेरीकालाई अलगाएको थियो र यसपछि ईरान माथि प्रतिबन्ध लगाएको थियो । ट्रंपले ईरानबाट तेल खरिद गर्ने सबै देशसँग अपिल गरेको छ कि उनीहरुले ईरानसँगको कच्चा तेल आयात घटाएर शुन्य बनाउ र यदि यस्तो नगरीएमा ती देशहरुमा पनि प्रतिबन्ध लगाइने छ ।
यद्यपी, भारतले हालैमात्र रुससँग एस–४०० मिसाइल रक्षा प्रणाली खरिदको लागी ५ अरब डलरको सम्झौता गरेको थियो । जसमा अमेरीकाले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपी भारतले ईरानसँग तेल खरिदलाई निरन्तरता दिने बताउदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा