सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २६ । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत एसियाली समूह ‘बी’को अन्तिम खेलमा आज नेपालले सिंगापुरसँग खेल्दैछ ।
समूहका पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा चिरपरिचत प्रतिद्वन्द्वी सिंगापुरसँग खेल्न लागेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
दुबै टोलीले यसअघिका सबै ५ खेल जितेकाले आजको विजेताले उपाधि उचाल्नेछ ।
अन्तिम खेलअघि नेपाल र सिंगापुर दुबै टोलीको समान १० /१० अंक छ । नेट रनरेटमा भने नेपाल अगाडि छ ।
मलेसियामा जारी प्रतियोगिताबाट नेपाल र सिंगापुरले दोस्रो चरणको छनोटमा स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ ।
राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा