सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, असोज २५ । चितवनको जौविक मार्गको रुपमा परिचित टिकौली जंगल क्षेत्रको संरक्षणको काम तीव्र बनाईएको छ ।
जौविक मार्ग टिकौली जंगलमा सवारी चाप र अवस्थित रुपमा विभिन्न होडिङ्ग वोर्ड र व्यवसायिक प्रयोजनाको बोर्डका वन्यजन्तुहरु मर्ने क्रम बढेपछि संरक्षणको काम तीव्र बनाईएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनको वरणडाभार क्षेत्रको विचमा पर्ने टिकौलीमा जंगलमा अवस्थित रुपमा विभिन्न होडिङ्ग वोर्ड र व्यवसायिक प्रयोजनाको बोडहरु जनावारहरुलाई त्रसित बनाउनेसगैँ मर्ने क्रम बढेको डिभिजन वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए ।
दुई बर्ष अगाडी नै तत्कालिन जिल्ला वन हुदाँ नै आफुहरुले अवस्थित वोर्डका कारण वनयजन्तुहरु असर गरेको अनुसन्धानबाट थाहापछि रोक लगाए पनि हाल आएर फेरि यस किसिमको कार्य बढेकोले विभिन्न होडिङ्ग वोर्ड र व्यवसायिक प्रयोजनाको बोर्डहरु हटाएको उनले बताए ।
साथै जनचेतनाको लागि केहि मात्र सन्देशमुलक वनवन्यजन्तुहरुसगँ कुराहरु मात्र राखिने उनले बताए ।
उनले अबका दिनहरुमा टिकौलीको रत्ननगर र भरतपुर महानगरको डेढ किलोमिटर वरबाट नै यस्ता कार्य निरुसाहित गरेको बताउदै यस्तै कार्य वन तथा वन्यजन्तु अपराध ऐन अन्र्तगत कार्वाही हुने चेतावनी दिए ।
पछिल्लो समयमा निकुञ्ज र वनले जारी गरेको तथ्याकंन अनुसार टिकौली क्षेत्रमा मात्रै सवारी चाप र ठुला ठुला होडिगं बोर्डले गर्दा एकै बर्ष मा ३२ वटा वन्यजन्तु मरेको जनाएको छ ।
यसैविच आज डिभिजन वन कार्यालय चितवन र रत्ननगर नगरपालिकाको टिकौली जंगल क्षेत्र पर्ने वडा ९ र १० का जनप्रतिनिधिसहित अवस्थित होडिगं वोर्ड हटाईएको छ । भने सो क्षेत्रमा मिचेर राखिएको एसिस एजुकेशन, ईन्द्रेणी कलेज, हुन्डाई कार र अप्पो फोनलाई कार्वाहीको लागि प्रक्रिया अगाडी बढाएको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सोही अवसरमा बोल्दै वडा नम्बर ९ का वडा अध्यक्ष रोशन आचार्यले आफुहरुले पटक पटक आग्रह गर्दा पनि अटेर गरेको कार्वाही सोरुप बाध्य भएर वोर्ड नै उप्काउन परेको स्पष्ट पारे ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा