सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आज अमिताभ बच्चन आफनो ७६ औ जन्मदिन मनाइरहेका छन् । यद्यपी, उनी आफनो जन्मदिन कहिलेपनि मनाउदैनन् तर उनको हजारौ फ्यान तथा फिल्म कम्पनिका मानिसहरु उनलाई आफनो आफनो तरिकाले बधाई दिइरहेका छन् ।
यस्तैमा तेलगु मा अमिताभ बच्चनको पहिलो फिल्म “सेरा नरसिम्हा रेड्डी” को मेकर्सले यो फिल्मको पहिलो लुक्स सार्वजनिक गरेका छन् । बिग बि को जन्मदिनमा यो फिल्मको पहिलो मोशन पोस्टर रिलिज गरिएको छ । पोस्टरमा बिग बि सेतो दाह्री र लामो कपालमा देखिएका छन् ।
यो फिल्म एक पीरियड ड्रामा हो जो उथ्यालावादा “नरसिम्हा रेड्डी’ को जिवनमा आधारित हुनेछ । नरसिम्हा रेड्डीलाई अंग्रेज विरुद्ध पहिलो नागरिक जंग शुरु गर्ने ब्यक्तिको रुपमा मानिन्छ । बिग बी यो फिल्ममा गोसाई बेंकन्ना को भुममिका आउनेछन् जो नरसिम्हा रेड्डीको आध्यात्मिक गुरु थिए । यो फिल्ममा नरसिम्हा रेड्डीको भुमिकामा साउथका मेगा स्टार चिरंजीवीलाई देख्न पाइनेछ ।
आफनो यो लुक्समा बिग बि सेतो कपाल र सेतो दाह्रीमा देखिरहेका छन् । निधारमा लगाइएको रातो टिका र उनको पुरै स्टाइल कुनै साधुजस्तै देखिएका छन् ।
बिग बि चाडै नै आमिर खान र कटरिना केफसँग फिल्म ठग्स अफ हिन्दस्तान मा आउदैछन् । यसको अलावा बिग बि आलिया भट्ट र रणबीर कपुरसँग फिल्म ‘ब्रह्मास्त्र’ मा पनि देखिनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा