भर्खरै

राष्ट्रिय आर्थिक मासिकद्धारा देश विकासमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरु सम्मानित


 October 11, 2018     सेतो खबर

काठमाण्डौ । राष्ट्रिय आर्थिक मासिक पत्रिका आठौं बर्ष प्रवेश गरेको अवसरमा राष्ट्रको विकासमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार दिउँसो डिल्लीबजार स्थित भोजनगृहमा भएको पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि माधव कुमार नेपालले समाजमा हुने विकृति र विसंगति न्यूनीकरणको निम्ति मिडियाको निकै महत्वपूर्ण भूमीका रहने भन्दै यस कार्यमा सञ्चार क्षेत्र निरन्तर अघी बढ्नुपर्ने बताउनुभयाे ।

उक्त विशेष कार्यक्रमको अवसरमा राष्ट्रिय आर्थिक मासिक पत्रिकाले आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित हुने व्यक्तिहरुको नाम निम्नानुसार छ ।
हिमालय शमशेर राणा, अम्बिका श्रेष्ठ, लक्ष्मीदास मानन्धर, शम्भु श्रेष्ठ, राजन गैरे, डिबी भट्टचन, केशव थापा, कृष्ण बहादुर बस्न्यात, कृष्णसिंह बस्नेत लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
हिमालय शमशेर राणा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हुन् । अम्बिका श्रेष्ठ होटल द्वारिकाकी अध्यक्ष हुन् । सङ्घर्षशिल महिला उद्यमी अम्बिकाले नेपाली युवाहरुमा सचेतना विस्तार तथा पर्यटन प्रवद्र्धन र संस्कृति जागरणको निम्ति निकै महत्वपूर्ण भूमीका निर्वाह गरेका छन् । लक्ष्मीदास मानन्धर लामो समय देखि साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष हुन् । नेपालको व्यावसायिक क्षेत्रलाई सामाजिक दायित्वमा समेत जोड्दै उनले नेपाली अर्थतन्त्रमा पुर्याएको योगदान निकै महत्वपूर्ण मानिन्छ । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान छ ।

यसैगरी राजन गैरे कृषि तथा प्रविधिको क्षेत्र मार्फत् उद्यमशिलता विकासको निम्ति निकै महत्वपूर्ण योगदान पु¥याएका व्यक्ति हुन् । हाल नेपाल एग्रो लाइफ सञ्चालन गर्दै आएका उनले गोरखा र धादिङमा ‘स्वच्छ बगैंचा स्वच्छ घर’ कार्यक्रम सञ्चालन गरिरहेका छन् । डिबि भट्टचन प्रभु ग्रुपका अध्यक्ष हुन् । बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकोप्टर लगायत विभिन्न क्षेत्रमा उनको लगानी छ । केशव थापा नेपालमा एनएलपी (न्युरो लिङ्ग्वेस्टिक प्रोग्रामिङ) र आकाशा हिलिङ सम्बन्धी कार्यक्रम नेपालमा भित्र्याएका व्यक्ति हुन् । एनएलपी कार्यक्रम व्यक्तित्व विकास र चेतना अभिवृद्धिको निम्ति पछिल्लो समय विकास भई विस्तार हुँदै गएको निकै प्रभावकारी कार्यक्रम मानिन्छ । समाज र राष्ट्र निर्माणको निम्ति पहिले व्यक्ति आफैं जागरुक हुनुपर्छ भन्ने मान्यता साथ अघी बढेको यो कार्यक्रम प्रति नेपालका उच्च पदस्थ तथा व्यावसायिक व्यक्तिहरु समेतको आकर्षण बढिरहेको छ ।

कृष्ण बहादुर बस्न्यात लामाे समय विभिन्न बीमा कम्पनीहरूमा संलग्न रही नेपाली बीमा क्षेत्रलार्इ माथि उठाउन सफल उनी विमाविज्ञ हुन् । पछिल्लाे समय उनी सगरमाथा इन्स्याेरेन्समा प्रमुख कार्यकारी अधिकृत थिए । यसैगरी कृष्णसिंह हाल सडक बाेर्ड नेपालका कार्यकारी निर्देशक हुन् । निजामती सेवा मार्फत नेपालकाे निर्माण क्षेत्रलार्इ अघी बढाउन उनले महत्वपूर्ण भूमीका निर्वाह गरेका छन् । यसरी नै सम्मानित हुने अन्य व्यक्तिहरुको समेत विभिन्न क्षेत्रमा विशेष योगदान रहेको छ ।

सम्मान ग्रहण कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा याेजना अायाेग ३ नम्बर प्रदेशका सदस्य श्याम बस्नेत, नेपाल पत्रकार महासंघ (काठमाडौं)का अध्यक्ष शन्तराम विडारी, महासचिव माेहन पन्त लगायत सहित पत्रकार महासंघ कार्यसमिति सदस्यहरु, सञ्चारकर्मीहरू तथा अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुकाे सहभागिता थियाे ।

LIC
LIC



Ime Inside