सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एकसाथ हजारौ सख्यामा हरेक कदम तथा भाव मिलाउदै नृत्य गर्दे चीनको शांक्सी प्रान्तको मानिसले एउटा विश्व रेकर्ड बनाउदै विश्वलाई अचम्ति पारेका छन् । एउटा लाइन बनाएर एक साथ २० हजार मानिसले ५ मिनेटसम्म डान्स गरेर वर्ल्ड रेकर्ड बनाएका हुन् ।
यो डान्स रेकर्डको लागी दातोंग शहरमा सबैभन्दा लामो लाइन बनाएर डान्स गर्ने रेकर्ड चीनीया जनताको नाममा भएको छ । चीनको कैयौ इलाकाको मानिसहरुले यो रेकर्डको लागी १० पटकसम्म अभ्यास गरेका थिए । यती धेरै डान्सरहरुलाई लाइन लगाएर नचाउन त्यती सजिलो थिएन तर अभ्यासले यती राम्रो डान्स गर्न सम्भव बनाइदिएको छ ।
वर्ल्ड रेकर्ड एजेन्सिले चीनको यी डान्सरको अद्धभुत कलाको लागी विश्व रेकर्डको सर्टिफिकेट दिएको छ । यो आयोजनामा शांक्सी, शेडोंग र हेनान, बेइजिङ र टियांजिन प्रान्त समेत अन्य शहरका २० हजार मानिसले भाग लिएका थिए । वर्ल्ड रेकर्ड टिमको अधिकारीले बताय अनुसार यो डान्स १९७० मा अमेरीकामा गरिएको थियो । त्यो बेला पनि डान्सले वर्ल्ड रेकर्ड बनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा