सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २५ । नेपाल खाद्य संस्थानले खसीबोका र च्याङग्राको मूल्य निर्धारण गरेको छ । खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथली कार्यालय परिसरबाट शुक्रबार(भोलि) देखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरणको काम सुरु गर्ने जानकारी गराएको हो ।
संस्थानले यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५१० र च्याङ्ग्रा ७१० रुपैयाँ कायम गरेको छ । संस्थानले किलोमा १० रुपैयाँ छुटसमेत दिने भएको छ ।
उपभोक्ताले खसी प्रतिकिलो ५ सय र च्याङ्ग्रा प्रतिकिलो ७ सयमा खरिद गर्न सक्ने छन् । संंस्थानले यस वर्ष १ हजार च्याङ्ग्रा र १ हजार खसीबोका बिक्री गर्न लागेको हो । मूल्य निर्धारण आजै भए पनि बिक्री वितरण भने भोलिबाट मात्रै सुरु गर्ने संस्थानले जनाएको छ ।
संस्थानले हरेक वर्ष थापाथलीमा रहेको बागमती अञ्चल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा