सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २५। प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंशा गर्नु भएको छ । ६३ औं प्रहरी दिवसको अवसर पारेर बिहीबार काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान काार्यालयमा आयोजित एक समारोहमा बोल्दै प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गर्नु भयो ।
हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्डले प्रशंसा गर्नु भएको हो ।
नेपला प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता पाएको भएता पनि कुनै एउटा विषयमा अपराध अनुसन्धान राम्रो गर्न नसक्दा नकारात्मक असर पर्न जाने भन्दै प्रधानमन्त्री ओलीले घुमाउरो पारामा निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउनुपर्ने संकेत गरे ।
आफ्नो कर्तव्यको सिलसिलामा ज्याउन गुमाउने प्रहरीहरुमाथि प्रधानमन्त्रीले श्रद्धा सुमन व्यक्त गरे । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरीले थप जिम्मेवार बन्नुपर्ने पनि बताउनुभयो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा